एनपीएल : कर्णाली याक्सविरुद्ध काठमाडौंको जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई पाँच विकेटले पराजित गरेको छ । जितका लागि पाएको १५० रनको लक्ष्य काठमाडौंले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । काठमाडौंको जितका लागि गेरहार्ड इरास्मसले अविजित ४३, जोन सिम्पसनले ४१, वेन चाल्सवर्थले ३४ रनको योगदान गरे ।
