एमालेमा खुला प्रतिस्पर्धा हुन्छ, उम्मेदवारी घोषणा गर्न कसैले रोक्दैन : ओली
काठमाडौँ, १४ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता, गौरव र स्थायीत्वपूर्ण शान्तिका काम गर्नुपर्ने बताउनुभएको छ । आइतबार आयोजित पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनसम्बन्धी सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाल ऐतिहासिक र स्वतन्त्र पहिचानयुक्त राष्ट्र भएकाले यसले आफ्नो राष्ट्रिय गौरव जोगाउँदै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
