काठमाडौँ पाँच विकेट विजयी
काठमाडौँ, १४ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई पाँच विकेटले पराजित गरेको छ । जितका लागि पाएको १५० रनको लक्ष्य काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । काठमाडौँको जितका लागि गेरहार्ड इरास्मसले अविजित ४३, जोन सिम्पसनले ४१, वेन चाल्सवर्थले ३४ रनको योगदान गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
