मधेस प्रदेशको सरकारबारे छलफल गर्न मोर्चाको बैठक बस्दै
काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यालयमा आज दिउँसो मोर्चाको मूल समितिको बैठक बस्न लागेको हो । बैठकको अध्यक्षता लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर गर्नेछन् । बैठकमा आगामी निर्वाचनका तयारी र रणनीति, मोर्चाको संगठनात्मक विस्तार, मधेस प्रदेशको सरकार तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
