इण्डोनेसियामा पहिरोमा परी १० जनाको मृत्यु, १८ बेपत्ता
काठमाडौं । इण्डोनेसियाको मध्य जाभा प्रान्तमा भारी वर्षापछि पहिरोले ठुलो क्षति पुर्याएको छ । पान्डानारुम जिल्लाको पान्डानारुम गाउँमा गएको पहिरोमा हालसम्म १० जनाको मृत्यु पुष्टि भएको छ भने १८ जना अझै बेपत्ता छन् ।
