मंसिरमा विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प जस्तै हो : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिरमा विशेष महाधिवेशन गर्नु ‘निर्विकल्प’ भएको बताएका छन् । शनिबार बसेको केन्द्रीय समितिको बैठकले निर्णय गर्न नसके पनि नियमित अधिवेशनको समय भ्याइनभ्याइ भएकाले मंसिर २७–२८ गते विशेष महाधिवेशन गर्नैपर्ने उनले स्पष्ट गरे । महामन्त्री थापाले कांग्रेस आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने घोषणा गरे ।
