युवाको आन्दोलनले नयाँ ऊर्जा दियो : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भ्रष्टाचार विकराल रूपमा फैलिएको बताएका छन् । वाईसीएल नेपालले शनिबार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार अहिले देशकै लागि दुर्भाग्यको रूपमा देखिएको बताए । उनका अनुसार सरकारमा हुँदा र नहुँदा पनि आफूहरूले लगातार भ्रष्टाचारविरुद्ध आवाज उठाए पनि अपेक्षित ध्यान नदिएको गुनासो गरे ।
