SHARE
लोक पथ · शनिबार ६ मंिर २०८२ ११:०७ AM · 1 मिनेट पढाइ

फोहोरलाई मोहरमा परिणत गर्दै व्यास नगरपालिका

तनहुँ । जिल्लाको व्यास नगरपालिकाले नकुहिने फोहोर बिक्रीबाट चालु आवको पहिलो चार महिनामा रु सात लाख आम्दानी गरेको छ । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तुको वर्गीकरण गरी गत वर्षदेखि बिक्री गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए ।