SHARE
लोक पथ · शनिबार ६ मंिर २०८२ ११:४२ AM · 1 मिनेट पढाइ

विराटनगरको बलिङमा धमाका, काठमाडौं गोर्खाज १३४ रनमै रोकियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित टीयू मैदानमा विराटनगर किंग्सले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै काठमाडौं गोर्खाजलाई १३४ रनमै समेटेको छ । टस जितेर पहिले बलिङ रोजेको विराटनगरले सुरुदेखि नै विपक्षी टिममाथि दबाब सिर्जना गर्‍यो । पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ७ विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सक्यो ।