मधेसमा मन्त्री बन्न गएकी कञ्चनलाई राप्रपाले सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौं । पार्टीको नीतिविपरित मधेस प्रदेशको मन्त्री बन्न गएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कञ्चन विच्छा साहलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । सोमबार मधेस प्रदेशकी राप्रपा सांसद साह एमाले संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारका मन्त्री बनेकी थिइन् ।
