SHARE
लोक पथ · मङगलबार २५ कात्िक २०८२ ११:२२ AM · 1 मिनेट पढाइ

प्यान र इमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका अनुसार ‘आयकर ऐन २०५८’ बमोजिम निक्षेपकर्ताको ब्याजभुक्तानीबाट गरिएको करकट्टी विवरण नेपाल सरकारको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्न आवश्यक भएकाले बैंकले ग्राहकहरूलाई यस्तो आग्रह गरेको हो ।