SHARE
लोक पथ · मङगलबार २५ कात्िक २०८२ ११:२३ AM · 1 मिनेट पढाइ

मधेस प्रदेशको घटनाले संघीयतामाथि प्रहार भयो : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई होटेलमा शपथ ग्रहण गराइएको घटनालाई संघीयतामाथिको प्रहारको रूपमा टिप्पणी गरेका छन् । मंगलबार सानेपास्थित पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पौडेलले राज्यका अंगहरूले प्रचलित संविधान र पद्धतिअनुसार काम गर्नुपर्ने बताएका हुन् ।