म संविधान नपढी मन्त्री बन्न गएको होइन : कानूनमन्त्री सिन्हा
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संविधानले पूर्वन्यायधीशलाई मन्त्री वा सांसद बन्न नरोकेको दाबी गरेका छन् । नेपाल कानुन समाजले मंगलबार आयोजना गरेको ‘आगामी प्रतिनिधिसभाको निर्वाचन : चुनौती र अवसर’ विषयक राजनीतिक दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले आफू संविधान पढेरै मन्त्री बन्न गएको बताए ।
