पार्टीलाई विभाजनको दिशामा जान नदिन मध्यमार्गी भूमिका खेलिरहेको शेखर कोइरालाको दाबी
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादले विभाजनसम्मको अवस्था ल्याउनसक्ने चेतावनी दिएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नियमित वा विशेष महशाधिवेशनबारे पार्टी केन्द्रीय समिति बैठकले निर्णय गर्न नसके पार्टी विभाजनको अवस्था आउनसक्ने चेतावनी दिएका हुन् ।
