SHARE
लोक पथ · मङगलबार २५ कात्िक २०८२ ०१:०८ PM · 1 मिनेट पढाइ

मधेसका शहीदहरुलाई ‘मधेस रत्न’ले सम्मानित गर्ने नवनियुक्त मुख्यमन्त्रीको पहिलो निर्णय

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेका छन् । मंगलबार कार्यालयमा कार्यभार सम्हाल्दै उनले कार्यभार सम्हाल्दै उनले मधेस आन्दोलनका शहीदलाई मधेस रत्नले सम्मानित गर्ने निर्णय गरेका हुन् । मुलुकमा संघीयता ल्याउन मधेसका शहीदहरूको अतुलनीय योगदान रहेको मुख्यमन्त्री यादवले बताए । शहीदहरुलाई आर्थिक सहयोग दिएपनि सम्मान नदिइएको उनको आरोप छ ।