SHARE
लोक पथ · मङगलबार २५ कात्िक २०८२ ०१:२५ PM · 1 मिनेट पढाइ

शेषमतीबाट ब्राउनसुगरसहित एक जना पक्राउ

काठमाडौं । अवैध लागूऔषध खैरो हेरोइन, केही नगद र ३ थान मोबाइलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–१० घर भइ हाल काठमाडौंको तारकेश्वर नगरपालिका–८ शेषमति बस्ने ३३ वर्षीय शंकर राजवंशी रहेका छन् । विशेष सूचनाका आधारमा प्रहरीले शेषमती लामबगरमा हिँडिरहेको अवस्थामा राजवंशीलाई नियन्त्रणमा लिइ उनको कोठामा खानतलासी गरेको थियो ।