SHARE
लोक पथ · मङगलबार २५ कात्िक २०८२ ०२:०३ PM · 1 मिनेट पढाइ

अख्तियारको उपसचिव हुँ भन्दै धम्क्याउने राष्ट्रिय वाणिज्य बैंकका पूर्वकर्मचारी पक्राउ

काठमाडौं । आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै किर्ते कागजात खडा गरी धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–४ घर भई हाल काठमाडौंको तारकेश्वरमा बस्दै आएका ३७ वर्षीय ऐभान बहादुर महरा रहेका छन् ।