कडरियाको सक्रियतापछि अनेरास्ववियुमा चर्कियो विवाद, महासचिवले गरे विरोध
काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुमा विवाद चर्किएको छ । जेनजी आन्दोलनपछि नैतिकताका आधारमा राजीनामा दिइ पछि पुनः राजीनामा फिर्ता लिएर अध्यक्ष डा. सुजन कडरिया सक्रिय हुन थालेपछि विवाद चर्किएको हो । जेनजी आन्दोलनपछि भदौ २४ गते कडरियाले राजीनामा दिएका थिए ।
