SHARE
हाम्रो सम्बाद · मङगलबार २५ कात्िक २०८२ १०:५६ AM · 1 मिनेट पढाइ

भोजपुर–काठमाडौँ अब सातामा चार उडान

भोजपुर, २५ कात्तिक । पहाडी जिल्ला भोजपुरमा नेपाल वायुसेवा निगमले उडान थप गरेको छ । विगतमा हप्तामा दुई उडान मात्र भोजपुर–काठमाडौँ हुँदै आएकामा अब चार उडान हुनेछन् । प्राविधिक कारणले केही समयका लागि कटौती गरिएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको काठमाडौँ–भोजपुर–काठमाडौँ उडान तालिका थप भएको निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काले जानकारी दिनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद