चन्द्रागिरि केबलकार ६० दिनपछि पुनः सञ्चालनमा
काठमाडौं । झण्डै दुई महिना बन्द रहेको चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ । गत भदौ २४ गते भएको तोडफोडका कारण बटम स्टेशनमा क्षति पुगेपछि चन्द्रागिरि हिल्सको सेवा अस्थायी रूपमा बन्द गरिएको थियो ।
