SHARE
लोक पथ · शनिबार २२ कात्िक २०८२ ०७:५८ AM · 1 मिनेट पढाइ

नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यलयमा धर्ना

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियान समितिले नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया तत्काल रोक्न माग गर्दै शनिबार कार्यालय परिसरमा धर्ना दिएको छ ।  समितिले भ्याकेन्सी आह्वान र अन्तर्वार्ता प्रक्रियालाई विवादास्पद ठहराउँदै विरोध जनाएको हो । समितिका संयोजक देवदुत अधिकारीले भने, ‘निर्देशक पदमा बहालवाला निर्देशक रहँदै नयाँ भ्याकेन्सी आह्वान गर्नु अनैतिक र असंवैधानिक हो।