बागलुङमा पिकअप दुर्घटना : १ को मृत्यु, २ घाइते
बागलुङ। ढोरपाटन नगरपालिकामा पिकअप जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार, शुक्रबार राति १० बजे बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ग ३च ३८१९ नम्बरको पिकअप ढोरपाटन नगरपालिका–८ र ९ को सिमाना च्वावीरमा दुर्घटना भएको हो ।
