SHARE
लोक पथ · शनिबार २२ कात्िक २०८२ ०८:३३ AM · 1 मिनेट पढाइ

झापामा सर्पदंशबाट महिलाको मृत्यु

काठमाडौं । सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  घरभित्र खाद्य भण्डारमा समान निकाल्ने क्रममा गए राति ८ः३० बजे आसपासमा उनलाई गोमन सर्पले दाँया खुट्टामा डसेको थियो ।