SHARE
लोक पथ · शनिबार २२ कात्िक २०८२ ०८:४१ AM · 1 मिनेट पढाइ

आलमको शोकमा कांग्रेसले तीन दिनसम्म आधा झण्डा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आज आकस्मिक बैठकमा शोक प्रस्ताव पारित गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, कार्तिक २२, २३ र २४ गते केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाइनेछ । साथै, कार्तिक २३ गते सबै कार्यालय बन्द हुनेछन् ।