युवा केन्द्रित आर्थिक रणनीति अपनाउनुपर्छ : मुख्यसचिव अर्याल
काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले युवा केन्द्रित आर्थिक रणनीति अपनाउनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उनले विकासलाई मूल मन्त्र ठानेर अघि बढे मात्र सफलता मिल्ने बताएका हुन् । मुख्यसचिव अर्यालले रोजगारी र अवसर सिर्जनामा अब छलाङ मार्नुपर्ने आवश्यकता औँल्याए ।
