नेपाल बस्न लायक छ भनेर ढुक्क हुने अवस्था निर्माण गर्न जरुरी छ : प्रधानमन्त्री कार्की
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नेपाल बस्न लायक छ भनेर ढुक्क हुने अवस्था निर्माण गर्न जरुरी रहेको बताएकी छन् । शनिबार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । उनले सरकार अहिले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको तयारीमा जुटेको बताइन् ।
