विश्वासको मत पाउने नदेखेपछि मधेस प्रदेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा घोषणा
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले राजीनामा घोषणा गरेका छन् । विश्वासको मत पाउने नदेखेपछि उनले प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गरेका हुन् । उनले आज विश्वासको मतका लागि समय लिएका थिए ।
