SHARE
लोक पथ · बुधबार १२ कात्िक २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

काठमाडौं प्रहरीको ‘स्वीप अपरेसन’: ९२ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा अपराध कर्ममा संलग्न ९२ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत २४ घण्टामा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।