कानुनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री कार्की
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले कानुनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएकी छन् । शनिबार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । उनले ‘सुशासन कुनै पनि मुलुकको सामाजिक न्याय र आर्थिक वृद्धिको पूर्वशर्त भएको उल्लेख गरिन् ।
