SHARE
पर्दाफास · शनिबार २२ कात्िक २०८२ १२:१६ PM · 1 मिनेट पढाइ

थारु समुदायले काठमाडौँमा पनि मनाए समाचकेवा पर्व

थारु समुदायले काठमाडौँमा पनि समाचकेवा पर्व मनाएका छन् । शनिवार काठमाडौँ प्रर्दशनीमार्गस्थित पयर्टन बोर्डमा एक कार्यक्रमको आयोजना गरी उनीहरूले सो पर्व हर्षोउल्लासका साथ मनाएका हुन् । कार्यक्रममा थारु आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह चौधरीले सो पर्वको मौलिक परम्पराबारे चर्चा गर्नुभएको थियो । यस पर्वलाई दाजु बहिनीको प्रेमको प्रतीकको रूपमा लिने गरिन्छ ।