SHARE
पर्दाफास · शनिबार २२ कात्िक २०८२ ०१:२९ PM · 1 मिनेट पढाइ

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान अवरुद्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएको छ । विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार रन–वेको बत्तिमा समस्या भएपछि उडान अवरुद्ध गरिएको हो । जसकारण करिब पाँच वटा उडान होल्डमा राखिएका छन् । प्रवक्ता शेर्पाले आज सॉझ ५ बजेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान तथा अवतरण रोकिएको जानकारी दिए ।