बढुवा भएका पाँच डीआईजीको पदस्थापन, खत्री सीआईबीमा
काठमाडौं । नेपाल प्रहरीका पाँच नायव महानिरीक्षक (डीआईजी) को पदस्थापन भएको छ । कात्तिक ९ गते बढुवा सिफारिस भएका भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेको बढुवासँगै पदस्थापन पनि भएको हो ।
