जिल्ला अदालतको नक्कली पेज, जहाँबाट हुन्थ्यो जागिर लाइदिने भन्दै ठगी
काठमाडौं । जिल्ला अदालत मोरङको नक्कली फेसबुक पेज बनाइ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा घर भइ मोरङको विराटनगर महानगरपालिका–५ बस्ने ५० वर्षीया पुनमदेवी साह र उनकी छोरी २७ वर्षीया कोमल पुरी साह रहेका छन् ।
