शंकर पोखरेलको नजरमा एमालेविरुद्ध लाग्ने ‘४ शक्ति’
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विरुद्ध नेपालमा चार शक्ति सक्रिय रहेको दाबी गरेका छन् । प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले वाह्य शक्ति, राजसंस्थावादी शक्ति, माओवादी केन्द्र र स्वतन्त्रका नाममा अराजकता फैलाउनेहरु एमाले र एमालेको नेतृत्वको विरुद्धमा लागेको आरोप लगाए ।
