SHARE
लोक पथ · सोमबार १७ कात्िक २०८२ ११:४४ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा ज्यान गुमाएकामध्ये ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकामध्ये ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । आइतबार अपरान्ह प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । गत भदौ २३ र २४ गते जेनजी उमेर समूहका युवायुवतीहरुले भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्षमा आन्दोलन गरेका थिए ।