जापानमा बढ्यो भालु आतंक
काठमाडौं । जापानको अकिता प्रान्तमा भएको छुट्टाछुट्टै भालु आक्रमणमा दुई जना घाइते छन् । पछिल्ला दिनहरुमा यस क्षेत्रमा भालुहरूको मुठभेड तीव्र रूपमा बढेको स्थानीय प्रहरीले जनाएको छ । अकिता शहरमा, एक ६५ वर्षीय व्यक्तिलाई उनको घरको नजिकै आइतबार स्थानीय समय अनुसार बिहान ५ः३० मा आक्रमण गरेको तथा घटनास्थलमा दुईवटा भालु देखिएको प्रहरीले जनाएको छ ।
