ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं । ललितपुरको बाडेगाउँमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी गोदावरी नगरपालिका–१४ हाडेगाउँकी ५० वर्षीया मैया महर्जनको उपचारका क्रममा निधन भएको हो । शनिबार राति महर्जनलाई टौखेलबाट सातदोबाटो तर्फ जाँदै गरेको बा.६२ प ४७२६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
