जाँचबुझ आयोगका संयोजक कार्कीसहित तीन जनाविरूद्ध सर्वोच्चमा रिट
काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिका आगजनी घटनामाथि जाँचबुझ गर्न गठन गरिएको आयोगका पदाधिकारीहरूलाई काम कारबाही गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा तथा विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध रिट दायर गरेका हुन् ।
