SHARE
लोक पथ · आइबार​ ९ कात्िक २०८२ १२:११ PM · 1 मिनेट पढाइ

एनआईसी एशिया बैंकको लिलाम बिक्री अब अनलाइनबाट हेर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिंक सम्पत्तिहरु, गैर बैंकिंक सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी अनलाइनबाट हेर्न सकिने भएको छ । ग्राहकले बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण विस्तृत जानकारी सजिलै उपलब्ध गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरेको हो ।