SHARE
अन्नपूर्ण · शुक्रबार​ २ साउन २०८२ ११:२९ PM · 1 मिनेट पढाइ

हर्क साम्पाङकै कारण ६ अर्बको खानेपानी आयोजनाको काम अघि बढेन : मन्त्री यादव

धरान : खानेपानी मन्त्री प्रदीप यादवले धरानका मेयर हर्क साम्पाङको कारण खानेपानी आयोजना अघि बढाउन नसकिएको बताएका छन्। शुक्रबार धरानका सरोकारवाला नागरिकहरूको छलफल कार्यक्रममा मन्त्री यादवले धरानका मेयर साम्पाङको कारण ६ अर्बको खानेपानी आयोजनाको काम अघि बढाउन नसकिएको बताएका हुन्।