SHARE
अन्नपूर्ण · शुक्रबार​ २ साउन २०८२ ११:२९ PM · 1 मिनेट पढाइ

माधव र झलनाथको अंगालोमा बामदेव (फोटो फिचर)

काठमाडौं : नेकपा एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकता भएको छ। राष्ट्रियसभा गृहमा आयोजित समारोहमा दुई पार्टीबीच एकता भएको हो।माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियानबीच एकता भएको हो। एकतापछि माधव नेपाल र वामदेव गौतमले अंगालो हालेका थिए। त्यस्तै झलनाथ खनालसँग पनि गौतमले अंकमाल गरेका थिए।