बिर्तामोडबाट सप्लाई हुन्थ्यो देशका विभिन्न सहरमा लागूऔषध, कामदार पक्राउ, मुख्य कारोबारी फरार
झापा : झापाको बिर्तामोडलाई मुख्य केन्द्रबिन्दु बनाएर देशका विभिन्न जिल्लामा प्रतिबन्धित औषधिजन्य लागूऔषधको कारोबार हुँदै आइरहेको एउटा घटना बाहिर आएको छ। बिर्तामोड नगरपालिका–५ स्थित लोटस होटेल छेउमा विशेष सूचनाको आधारमा बिहीबार दिउँसो १ बजेको समयमा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको टोलीले मनकुमार सङ्ग्रौलाको घरमा छापा मारेर ठूलो मात्रामा औषधिजन्य लागूऔषध बरामद गरेसँगै सो घटना बाहिर आएको हो।
