SHARE
अन्नपूर्ण · शुक्रबार​ २ साउन २०८२ ११:२९ PM · 1 मिनेट पढाइ

नेपालमा अब टेलिग्राम नचल्ने

काठमाडौं : सरकारले चर्चित मेसेजिङ एप टेलिग्राममा प्रतिबन्ध लगाएको छ। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई टेलिग्रामको पहुँचमा रोक लगाउन निर्देशन दिएको हो। अनलाइन ठगी, मनी लाउन्डरिङजस्ता गम्भीर आपराधिक गतिविधिमा यसको प्रयोग बढेको भन्दै प्राधिकरणले नेपाल टेलिग्राम बन्द गरेको हो।