SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ मंिर २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

मलाई खरानी बनाउन भट्टीमा हाले पनि झन् खारिएर निस्किएँ : टोपबहादुर रायमाझी

अर्घाखाँची : पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आफूलाई खरानी बनाउने उद्देश्यले भट्टीमा हाले पनि आफू झन् खारिएर निस्किएको बताएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन वर्षभन्दा बढी समय जेल जीवन बिताएर गत कात्तिक २६ गते रिहा भएका रायमाझी शुक्रबार आफ्नो गृह जिल्ला अर्घाखाँची आइपुगेका हुन्।