एमाले पोलिटब्युरो बैठक शनिबार ११ बजे बस्नेगरी सकियो
काठमाडौं : नेकपा एमालेको पोलिटब्युरो बैठक भोलि (शनिबार) बिहान ११ बजे बस्नेगरी सकिएको छ।ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा आठ जना सदस्यले भाग लिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका सम्बन्धमा बैठकमा छलफल भएको प्रचार विभाग प्रमुख गौतमले बताए।
