SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ मंिर २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

१०औं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा आर्मीको लगातार दोस्रो जीत

काठमाडौं : १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गथ पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जीत दर्ता गरेको छ। शुक्रबार भएको खेलमा आर्मीले बागमतीलाई २–० गोलको अन्तरमा पराजित गरेको हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६४ औं मिनेटमा आर्मीका लागि लाकेन लिम्बुले पहिलो गोल गरेका थिए। दोस्रो गोल अतिरिक्त खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका नवयुग श्रेष्ठले ९७ औं मिनेटमा गोलगरी आर्मीको जित सुनिश्चित गरे।