SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ मंिर २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा मधेशले पुलिसलाई हरायो

काठमाडौं : दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा मधेश प्रदेशले नेपाल पुलिस क्लबलाई २९ रनले हराएको छ। समूह डी को पहिलो खेलमा मधेस प्रदेश ले कालिञ्चोक क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो। टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। मधेसले दिएको १६७ रनको लक्ष्य पछाएको पुलिस निर्धारित २० ओभरमा १३७ रन बनाउँदै अल आउट भएको हो। पुलिसका लागि राशिद खानले सर्वाधिक ४१ रनको पारी खेले।