SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ मंिर २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

ताँजाकोटको शैक्षिक सप्ताह : १२ विद्यालयका १२०० विद्यार्थी सहभागी

हुम्ला : हुम्लाको ताँजाकोट गाउँपालिकामा सञ्चालित गाउँपालिका अध्यक्ष शैक्षिक गुणस्तर तथा अतिरिक्त क्रियाकलाप सप्ताह कार्यक्रम–२०८३ सम्पन्न भएको छ।गाउँपालिकाभित्रका विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि तथा सर्वाङ्गीण विकास गर्ने उद्देश्यले मङ्सिर ६ गतेदेखि धर्मोदय माध्यमिक विद्यालय छप्रेलामा सुरु भएको सप्ताह चार दिनमा सम्पन्न भएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए।  कार्यक्रमको कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गल बहादुर शाहीले उद्घाटन गरेका थिए।