सेवाग्राहीलाई दुःख दिने ७ बिचौलिया पक्राउ
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवाग्राहीलाई अनावश्यक दुःख तथा हैरानी दिने ७ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।जनगुनासो बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरुलाई कार्यालय परिसरबाटै पक्राउ गरेको हो।