SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ मंिर २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

नेप्से परिसूचक साढे ८ अंकले घट्यो,४ अर्ब ८२ करोडको सेयर कारोबार

काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा पुगेको हो। यसदिन ३५३ वटा स्क्रिप्सको १ करोड ३१ लाख ९८ हजार ७५७ कित्ता सेयर ४ अर्ब ८२ करोड ४७ लाख  ३२ हजार  २१३ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये ५८ वटा स्टक्सको मूल्य बढ्दा २०३ वटाको  घट्यो। बाँकी १८ वटा स्टक्सको मूल्य स्थिर रह्यो। कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक शीर्षस्थानमा रह्यो।